अशोकलाई सफलता

काठमाडौं । ट्युनिसियामा भएको १ सय २५ औँ रेफ्री रिफ्रेसर कोर्समा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सफलता पाएका छन् । 

रिफ्रेसर कोर्समा विभिन्न राष्ट्रका १ सय १ निर्णायकको सहभागिता रहेको बताइएको छ । त्यस्तै ट्युनिसियामै भएको १ सय ११ औँ ग्योरोगी रेफ्री सेमिनारमा तिलक लामा र नन्द विष्टले पनि सफलता हासिल गरेको खड्काले जानकारी गराए ।

सेमिनारमा ५३ जना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?