नेपाल जीतविहिन बन्दै घर फर्कियो

काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । 

दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलवार राति सम्पन्न भएको खेलमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो । खेलको २४ औँ मिेनटमा अफगानिस्तानका लागि सोलोमान शाहले पहिलो पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३४ औँ मिनेटमा अहमेद ओम्रानले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० गोल अन्तरको हार बेहो-र्यो । यो हारसँगै समूह ‘ए’मा रहेको नेपाल जीतविहिन बन्दै घर फर्किएको छ ।

त्यस्तै अफगानिस्तानले भने सान्त्वना जीत निकालेको छ । छनोटमा नेपाल पहिलो खेलमा ओमनसँग १-० गोल अन्तरले तथा दोस्रो खेलमा कतारसग ४-० गोलको हार बेहोरेको थियो ।

यता कतार भने समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२३ च्याम्पियनसिपका लागि छनोट भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?