एजेन्सी । युरो कप फुटबल छनोट अन्तर्गत स्पेनले लगातार दोस्रो जीत हात पारेको छ ।
मंगलवार राति सम्पन्न भएको समूह ‘एफ’को खेलमा स्पेनले माल्टालाई २-० गोल अन्तरले पराजित गरेको हो । स्पेनको जीतमा अल्भारो मोराटाले दुई गोल गरेका थिए । उनले खेलको ३१ औँ मिनेटमा पहिलो गोल गर्दै टिमललाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको स्पेनले दोस्रो हाफमा थप एक गोल थप्यो । ७३ औँ मिनेटमा मोराटाले नै गोल गरे । निर्धारित समयसम्म माल्टाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो ।
यसअघि भएको पहिलो खेलमा स्पेनले नर्वेलाई २-१ गोल अनतरले पराजित गरेको थियो । जितपछि ६ अंक बनाएको स्पेन समूह ‘एफ’को शीर्ष स्थानमा छ ।
त्यस्तै मंगलवार राति नै भएको समूह ‘जे’को खेलमा इटालीले लिचेन्स्टाइनलाई ६-० को भारी गोल अन्तरले पराजित ग-यो । इटालीको जितमा खेलको १७ औँ मिनेटमा सेन्सीले र ३२ औँ मिनेटमा भेर्राटीले गोल गरे ।
त्यस्तै ३५ औँ र पहिलो हाफ सकिनै लाग्दा मिनेटमा क्यावारेलेर्लाले दुई गोल गरे । ६९ औँ मिनेटमा केन र ७६ औँ मिनेटमा पाभोलेट्टीले समान एक-एक गोल गरे । जितपछि इटालीले पनि ६ अंक बनाएको छ ।
त्यस्तै मंगलवार राति नै भएका अन्य खेलहरुमा रिपब्लिक अफ आयरल्याण्डले जर्जियालाई १-० गोल अन्तरले, फिनल्याण्डले अर्मेनियालाई २-० गोल अन्तरले तथा रोमानियाले फारोई आयरल्याण्डलाई ४-१ गोल अन्तरले हरायो ।
यता बोस्निया हर्ज गोभिनाले ग्रिससँग २-२ गोलको बराबरी खेलेको छ । यता नर्वो र स्विडेनबीचको खेल भने तीन-तीन गोलको बराबरीमा सकिएको छ । स्विट्जरल्याण्डले डेनमार्कलाई ३-३ गोलले पराजित ग-र्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया