एजेन्सी । विश्व विजेता ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा सहज जीत निकालेको छ ।
मंगलवार राति सम्पन्न भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३-१ गोल अन्तरले पराजित ग-र्यो । खेलको पहिलो हाफमा एक-शुन्य गोलको अग्रता लिएको चेक रिपब्लिकले दोस्रो हाफमा भने गोल गर्न सकेन ।
खेलको ३७ औँ मिनेटमा चेक रिपब्लिकका लागि डेभिड पेभेल्काले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफमा थप सुधारिएको खेल खेलको ब्राजिलका लागि ४९ औँ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको ८३ औँ मिनेटमा गाब्रियल जिससले गोल गरे ।
त्यस्तै ९० औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल ब्राजिलले ३-१ गोल अन्तरले जित्यो ।
मंगलवार राति नै भएको अर्को मैत्रीपूर्ण खेलमा नाइजेरियाले इजिप्टलाई १-० गोल अन्तरले, सेनेगलले मालिलाई २-१ गोलले अल्जेरियाले ट्युनिसियालाई १-० तथा इस्टोनियाले ग्रिबाल्टरलाई १-० गोल अन्तरले पराजित ग-र्यो ।
यता अमेरिका र चिल्लीबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया