एजेन्सी । मोरोक्कोविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिना विजयी भएको छ ।
मंगलवार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले मोरोक्कोलाई १-० गोल अन्तरले पराजित ग-र्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।
अर्जेन्टिनाका लागि एन्जल कोर्रियाले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले खेलको ८३ औँ मिनेटमा गोल गरेका थिए । निर्धारित समयसम्म मोरोक्कोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा एशियाली पावर हाउस जापानले बोलिभियालाई १-० गोल अन्तरले हरायो । यता आइभेरी कोष्टले लिवेरियालाई १-० गोलले तथा दक्षिण कोरियाले कोलम्बियालाई २-१ गोलले पराजित ग-र्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया