काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले दुई बजेसम्मको डेट लाईन तोकेर १० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको ।
आज बुधबार अपरान्ह दुुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
परिपक्व हुुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर १३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।
के हो ? निक्षेप संकलन उपकरण् भनेको ।
बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरण नाम निक्षेप संकलन उपकरण हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया