काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाह लक्षित अभिव्यक्ति दिएका छन् ।
इतिहासको गर्भबाट गलत्याइएका तत्वहरु फेरि फर्किने जमर्को गरिरहेको भन्दै पूर्व राजा ज्ञानेन्द्र लक्षित अभिव्यक्ति दिएका हुन् ।
बुधबार शंखधर साख्वा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘यो उपलब्धि सानो दुख, त्याग र बलिदानले प्राप्त गरेको होइन। सबै ठुला क्रान्ति, आन्दोलन र परिवर्तनपछि प्रतिगामी या इतिहासको मञ्चबाट गलहत्याइएका तत्वहरुले फेरि फर्कने जमार्को गर्छन्। उनीहरुले अन्तिम रुपमा तागत प्रयोग गर्ने कोशिस गर्छन्। त्यो जहाँ पनि हुने गरेको छ। अहिले त्यही अनुसार निरंकुशतावादी तत्वहरु फेरि पुनरागमन गर्ने षड्यन्त्र गर्दैछन्।’
त्यस्तै नेपालको जुनसुकै आन्दोलन पनि काठमाडौं, भक्तपुर र ललितपुरको नेवा समुुदायको ठूलो भूमिका रहेको समेत बताए ।
‘नेपालको इतिहासमा चाहे राणा शासन विरोधी आन्दोलन होस् निरंकुश तानाशाही पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा होस् चाहे राजतन्त्र विरोधी आन्दोलनको कुरा होस्। चाहे प्रत्येक क्रान्तिका क्रममा होस् वा प्रतिक्रान्ति रोक्नेृ क्रममा होस्। नेपालका प्रगतिशिल जनताको त्यसमा पनि काठमाडौं भक्तपूर र ललितपुरका नेवा समूदायको अन्तिममा निर्णायक भूमिका हुने गरेको छ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया