एजेन्सी । विश्व नम्बर दुई चेक रिपब्लिककी पेट्रा किभिटोभालाई हमला गर्ने अपराधीलाई आठ वर्षको जेल सजाय सुनाइएको छ ।
किभिटोभमाथि ३३ वर्षे रडिम जोन्ड्रा नाम गरेको व्यक्तिले हमला गरेका थिए । उनलाई चेक रिपब्लिकको अदालतले ज्यान मार्ने अभियोगमा आठ वर्षको जेल सजाय सुनाएको हो ।
सन् २०१६ मा जोन्ड्राले किभिटोभाको फ्लाट हेर्ने भन्दै कोठा प्रवेश गरेर घाटीमा धारिलो हतियार राख्दै ४ सय ४० डलर मागेका थिए । तर, उनले रकम दिन प्रतिकार गर्दा हातमा गहिरो चोट लागेको थियो । चोटकै कारण किभिटोभाले पाँच महिनासम्म टेनिस कोर्ट बाहिर रहेकी थिइन् ।
२ पटककी विम्वल्डन च्याम्पियन किभिटोभा ‘लिगामेन्ट्स’ र हातको शल्यक्रिया पश्चात पुनः खेल जिवनमा फर्किएकी थिइन् ।
उनले सन् २०१७ को मे महिनाबाट पुनः खेल खेल्न थालेकी थिइन् । उनले हाल अमेरिकामा जारी मायामी ओपन टेनिस प्रतियोगिता खेलिरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया