काठमाडौं । इजरायल र प्यालेस्टाइनबिच अस्थायी युद्ध विराम भएपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनले मध्यपूर्वका विभिन्न नेताहरुसँग टेलिफोन संवाद गरेका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले मध्यपूर्वका धेरै नेताहरूसँग टेलिफोन सम्वाद गर्दै दीर्घकालिन समस्या समाधानका विषयमा छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कतारका अमिर शेख तमिम बिन हमाद अल–थानी र इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग मध्यपूर्वको पछिल्लो अवस्थाबारे छलफल गरेका थिए ।
इजरायल र हमासबीच बन्धकहरूलाई रिहा गर्ने विषयमा ठूलो सम्झौता भएको बेला उक्त वार्ता भएको हो । बुधबार, इजरायल र हमासले गाजामा आतंकवादी समूहले १५० प्यालेस्टाइनी कैदीहरूको बदलामा ५० बन्धकहरूलाई रिहा गर्न र घेरामा परेको क्षेत्रमा मानवीय सहायताको अनुमति दिन अस्थायी चार दिनको युद्धविराममा सहमति जनाएका थिए ।
यो सम्झौता कार्यान्वयनमा आएपछि अक्टोबर ७ देखि जारी युद्धपछिको यो पहिलो ठूलो कूटनीतिक सफलताको रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया