काठमाडौं । व्यवस्थापकीय कमजोरीकाकारण सरकारी स्वामित्वको कृषि बिकास बैंक कमजोर बन्दै गएको छ ।
बिगतदेखि नैं कृषि बिकास बैंकको निक्षेप तथा कर्जा प्रवाह र सावाँ व्याज असुलीमा समेत स्वार्थ लिप्त भएर काम गर्नै समुह हावी हुँदा यो बैंक कमजोर बन्दै गएको हो ।
सरकारी स्वामित्वको बैंक भएर नैं हुन सक्छ, यो बैंकमा अझै पनि नेता तथा सरकारका उच्च अधिकारीहरुको भनसुनको आधारमा ऋणीको धितो र नियमित आम्दानीको श्रोतलाई गौंड मान्ने कर्जा प्रवाह हुने गरेको छ भने पहुँचकै आधारमा कर्जाको सावाँ व्याज मिनाह एवं छुट समेत हुने गरेको छ । सोहीकारण यो बैंक पछिल्लो समय धरासायी बन्दै गएको हो । बैंकमा हाल सञ्चालक समितीको अध्यक्ष पदमा सरकारको प्रतिनिधिकोरुपमा रामशरण पुडासैनी रहेका छन् भने व्यवस्थापकीय प्रमुख अर्थात सिईओको रुपमा गोविन्द गुरुङ रहेका छन् ।
कर्मचारीहरुको पुरानै कार्यशैली र व्यवस्थापन पक्षको कमजोरी कैं कारण बैंकमा पछिल्लो समय खराब कर्जा उच्चरुपमा बढेको छ भने खुद नोक्सानी बढेर झण्डै एक अर्ब रुपैंयाँ पुगेको छ ।
राष्ट्र बैंकको निर्दैशन अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको अनुपात पाँच प्रतिशत भन्दा कम हुनुपर्छ । तर यो बैंकमा खराब कर्जाको अनुपात बढेर पाँच दशमलव ३३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा बैंकमा यस्तो कर्जाको अनुपात दुई दशमलव ३३ प्रतिशत मात्र रहेको छ ।
खराब कर्जाको अनुपात तोकिएको सिमा भन्दा बढी भएमा राष्ट्र बैंकले नयाँ कर्मचारी भर्नामा रोक तत्कालका लागि रोक लगाउने, निक्षेप तथा कर्जामा निश्चित अवधिको लागि सिमा तोकिदिने लगायतका कारवाही गर्न सक्ने व्यवस्था रहेको छ । तर यो बैंक सरकारी स्वामित्वको भएकै आधारमा अहिलेसम्म यस्तो कुनै कारवाही भोगेको छैन ।
चुक्ता पुँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा दुई खर्ब नौं अर्ब १७ करोड ५९ लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ८३ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले दुई अर्ब छ करोड ३८ लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । तर व्याज आम्दानीको ठुलो हिस्सा कर्मचारी र कार्यालय व्यवस्थापनमा खर्च हुँदा बैंकले चालु आवको पहिलो तीन महिनामा ८८ करोड ८० लाख ७१ हजार रुपैंयाँ खुद नोक्सानी बेर्होन पुगेको छ ।
गत आवको सोही अवधिमा बेंकले एक खर्ब ९९ अर्ब ४८ करोड ६६ लाख रुपैंयाँ निक्षेप संकलन गरी एक खर्ब ७१ अर्ब ६९ करोड ९१ लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा २२ करोड नौं लाख ५३ हजार रुपैंयाँ खुद मुनाफा कमाउन सफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया