काठमाडौं । भिभो भी सिरिजले स्मार्टफोन उद्योगमा आफ्नो अत्याधुनिक टेक्नोलोजीको साथै नवीन दृष्टिकोणसहित प्रभावशाली छाप छोडेको छ ।
भी सिरिजको नयाँ स्मार्टफोन भी २९ फाइभजी र भी २९ई यसको ज्वलन्त प्रमाण हो ।
उत्कृष्ट प्राविधिक र आकर्षक डिजाइन भएको भी २९ फाइभजी सिरिज स्मार्टफोन मात्र नभएर यो यस्तो उपकरण हो जसले स्मार्टफोन फोटोग्राफी र डिजाइनको पुनः परिभाषित गर्दछ । भिभोले नवीनता साथ साथै डिजाइनमा केन्द्रित उपकरणहरु निर्माण गरेर एउटा अलग स्थान बनाउन सफल भएको छ ।
यसको डिजाइन, क्यामेराको क्षमता र कार्यसम्पादनको बारेमा वृस्तितमा हेरौंः
क्यामेरा : रमणीय पलहरू सिर्जना गर्न देखि यादहरू कैद गर्न
भी २९ फाइभजी सिरिजले स्मार्टफोन फोटोग्राफीको सीमालाई वृद्धि गर्ने भिभोको विरासतलाई निरन्तरता दिएको छ ।
स्मार्ट औरा लाइट पोट्र्रेट, स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, सुपर ग्रुप भिडियो, सुपर मुन मोड र एस्ट्रो मोड जस्ता विशेषताहरूसँग यसले सुक्ष्म विवरणहरू, जीवन्त रङहरू खिच्न र आश्चर्यजनक पोट्र्रेटहरू सिर्जना गर्न मद्दत गर्दछ ।
यो एक फोटोग्राफी पावरहाउस हो जुन हरेक क्षणलाई जादूमय ढंगबाट कैद गर्न डिजाइन गरिएको हो । दुबै भी २९ फाइभजी र भी २९ई फाइभजी ले फोटोग्राफीलाई अगाडि ल्याउने क्यामेरा सेटअप प्रदर्शन गर्दछ ।
भी २९ फाइभजी मा, ५० एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा र २ एमपी मोनोक्रोम क्यामेरा रहेको छ जसले गुणस्तरीय फोटो प्रदान गर्दछ ।
भी २९ ई फाइभजी मा ६४ एमपी अल्ट्रा–सेन्सिङ क्यामेरा, ८ एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, र २ एक्स प्रोफेशनल पोट्र्रेट मोडहरू छन् । यी सुविधाहरूले प्रयोगकर्ताहरूले प्यानोरामिक शटहरूदेखि लिएर उत्कृष्ट पोट्र्रेटहरू सम्म सजिलै खिच्न सक्छन् ।
डिजाइनः सरलताको साथ सौन्दर्यशास्त्र
भिभो भी २९ फाइभजी सिरिज भिभोको सुरुचिपूर्ण डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो । यो स्मार्टफोनमा स्लिम प्रोफाइल बडी र हल्का तौल रहेको छ ।
भी २९ फाइभजीमा उद्योगकै पहिलो “इनोभेटिभ थ्रीडी म्याग्नेटिक पार्टिकल” प्रविधि प्रयोग गरिएको छ जसले फोनको पछाडिको प्यानलमा आकर्षक पिक ब्लू रङ प्रदान गर्दछ ।
साथै नोबेल ब्ल्याक कलरमा फ्लोराइट एजी ग्लास रहेको छ जसमा भएको न्यानो–स्केल फोटो इचिंग टेक्निकले स्थायित्व प्रदान गदै स्टेन रेसिस्टेन्ट बनाउँछ ।
त्यस्तै भी २९ई फाइभजीमा रोज गोल्डको लागि नानो–स्केल फोटोइचिङ प्रविधि र फरेस्ट ब्ल्याकको लागि फ्लोराइट एजी ग्लास रहेको छ । यी डिजाइनले सौन्दर्यता बढाउनुका साथै स्थायित्व प्रदान गर्दछ । भी २९ई को स्लिम फ्ल्याट फ्रेमले यसको सौन्दर्यता थप्नुका साथै समग्र प्रयोगकर्ता अनुभव वृद्धि गर्दछ ।
दुवै भी २९ फाइभजी र भी २९ई फाइभजीमा १२० हर्ट्जको रिफ्रेस रेट रहेको छ जसले प्रयोगकर्ताहरूको भियूङ्ग अनुभवलाई पुनः परिभाषित गर्दछ । हरेक पटक स्वाइप वा स्क्रोल गर्दा प्राकृतिक र सहज अन्तरक्रिया महसुस गर्न सकिन्छ ।
पर्फमेन्शः तपाईंको द्रुत–गति जीवनशैलीलाई पावर गर्दै
भी २९ फाइभजी मा क्वालकम स्न्यापड्रेगन ७७८ प्रोसेसर रहेको छ जसले सिमलेस मल्टिटास्किङ र सहज गेमिङ अनुभवहरू सुनिश्चित गर्दछ । यो १२ जीवी र्याम र २५६ जीवी स्टोरेज भरियन्टका साथ आउँछ ।
यसैबीच, भरपर्दो कार्यसम्पादनका लागि भी २९ ई फाइभजी क्वालकम स्न्यापड्रेगन ६९५ प्रोसेसर र प्राइभजी कनेक्टिभिटीको साथ आउँछ ।
यसमा ८ जीवी र्याम र २५६ जीवी स्टोरेज रहेको छ जसले गर्दा दक्षता र पर्याप्त ठाउँको सन्तुलन कायम भएको छ । तपाईं चाहे अनौपचारिक प्रयोगकर्ता वा पावर प्रयोगकर्ता हुनुहुन्छ, यी उपकरणहरुले तपाईंको आवश्यकताहरू पूरा गर्ने कम्पनीको दाबी छ ।
ब्याट्रीको बारेमा कुरा गर्दा, भी २९ फाइभजीमा ४६०० एमएएच ब्याट्री र ८० वाट्टको फ्ल्यासचार्ज रहेको छ जसले तपाईंलाई सधैं कनेक्टेड राख्दछ ।
त्यस्तै भी २९ ई फाइभजीमा ४८०० एमएएच ब्याट्री रहेको छ जसले तपाईंलाई निर्बाध रुपमा काम गर्न, गेमिङ वा स्ट्रिमिङ गर्न मद्दत गर्दछ ।
भिभो भी २९ फाइभजी सिरिज स्मार्टफोन बजारमा उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको प्रतीकको रूपमा प्रस्तुत भएको छ ।
यसको आकर्षक सौन्द्रयशास्त्र, शक्तिशाली क्यामेरा क्षमताहरू, सिमलेस कार्यसम्पादन र लामो समयसम्म चल्ने ब्याट्री लाइफका साथ भिभो नेपाली बजारमा निकै सफल भएको छ ।
यी उपकरणहरूले आधुनिक प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्दछ, हरेक पक्षमा उत्कृष्ट अनुभव प्रदान गर्दछ ।
यदि तपाईं डिजाइन, फोटोग्राफी, कार्यसम्पादन र ब्याट्री जीवनमा उत्कृष्ट भएको स्मार्टफोन खोज्दै हुनुहुन्छ भने, भिभो भी २९ फाइभजी सिरिज तपाईंका लागि उत्कृष्ट विकल्प हो । नेपाली बजारमा भी २९ फाइभजी रु ५९,९९९ र भी २९ ई फाइभजी रु ४२,९९९ मा उपलब्ध रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया