काठमाडौं । इजरायल–हमासबीच जारी द्वन्द्वमा युद्धविराम भएको घोषणा गरिए पनि इजरायली सेनाले गाजा पट्टीमा बम आक्रमणलाई निरन्तरता दिएको छ ।
प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थवाबाताले गाजामा विगत २४ घण्टामा २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । यो सम्झौतालाई इजरायली सरकारले बुधबार प्रारम्भमा अनुमोदन गरेको थियो र यो बिहीबारदेखि लागू हुने अपेक्षा गरिएको थियो ।
एम्बुलेन्स र सिभिल डिफेन्स टोलीहरूले बिहीबार बिहान गाजा सहरको पूर्वमा रहेको शेजाइयामा १० घरहरूलाई लक्षित गरी भएको बम विस्फोट भएको थियो । त्यसमा ३० जना घाइते भएको जनाइएको छ । जब इजरायली युद्ध विमानहरूले गाजा सहरको शेख रदवान छिमेकमा दुईवटा घरहरूलाई निसाना बनाउँदा कम्तिमा १० प्यालेस्टाइनी मारिएका छन् भने धेरै घाइते भएका छन् ।
इजरायली सेनाले बिहान उत्तरी गाजामा भएको अर्को आक्रमणमा उत्तरपूर्वी गाजाको जबलिया शिविरका ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।
एएफपीका अनुसार इजरायली अधिकारीहरूले दुई पक्षबीच युद्धविराममा सहमति भए पनि शुक्रबारभन्दा पहिले गाजामा लडाइँको अन्त्य नहुने र हमासले बन्धक बनाएकाहरूलाई रिहा नगरिने बताएका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको हमलामा पक्राउ परेका कुनै पनि बन्धकलाई शुक्रबारअघि रिहा गरिने छैन भनेपछि अधिकारीहरूको टिप्पणी आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया