एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीवार)देखि जम्मु काश्मिरबाट पहिलो चुनावी प्रचारप्रसार अभियान शुरु गर्ने भएका छन् ।
भारतीय जनता पार्टीं (भाजपा)का अनुसार अप्रिल ११ बाट शुरु हुने निर्वाचनका लागि प्रधानमन्त्री मोदीले जम्मु काश्मिरबाट चुनावी प्रसार अभियन शुरु गर्न लागेका हुन् ।
‘प्रधानमन्त्री मोदीले बिहीवारदेखि चुनाव प्रचार अभियान सुरू गर्नुहुनेछ, उहाँ अभियानका लागि जम्मु काश्मिरमा आउने कार्यक्रम रहेको छ,’ भाजपा महासचिवको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।
अहिले जम्मु र काश्मिरमा लोकसभा निर्वाचनका लागि पाँच चरणमा मतदान हुन लागेको छ । त्यहाँ अप्रिल ११ बाट मतदान शुरू हुने निर्वाचन अप्रिल १८, २३, २९ र मे ६ का दिन मतदान हुने छ ।
उता तल्लो तहबाट नेता छनोट गर्ने प्रक्रिया मन नपराएर क्षेत्रीय पार्टीहरुले भने नगरपालिका र पञ्चायत निर्वाचन बहिस्कार गर्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया