स्वेत राष्ट्रवाद र पृथकतावादी समर्थनहरुको फेसबुक र इन्स्टाग्राम एकाउन्ट बन्द हुँदै

एजेन्सी । फेसबुकले श्वेत राष्ट्रवाद र पृथकतावादी समर्थित सबै प्रकारका फेसबुक र इन्स्टाग्रा एकाउण्ट बन्द गर्ने भएको छ । 

फेसबुकले आगामी सातादेखि फेसबुक र इन्स्टाग्रा एकाउन्ट बन्द गर्ने जनाएको हो । साथै फेसबुकले आतंकवादी गतिविधि पहिचान गर्ने क्षमता बढाउने प्रतिबद्धता समेत गरेको छ । 

अबदेखि आतंकवादी गतिविधि पहिचान गर्ने क्षमता बढाउनुका साथै फेसबुकले आतंकवादी समूह र तिनका सामग्रीमाथि समेत प्रतिबन्ध लगाउने प्रतिबद्धता व्यक्त गरेको हो । 

फेसबुकमा सर्च गरिने नकारात्मक सबै विषयहरु अतिवादीविरुद्ध काम गर्ने एक कल्याणकारी समूहसँग प्रत्यक्ष पठाइने पनि बीबीसीले उल्लेख गरेको छ ।

गत महिना न्यूजिल्याण्डको क्राईस्टचर्चमा ५० जनाको ज्यान जाने गरी भएको आक्रमणको लाईभ भिडियो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसारित हुँदा समेत प्रतिबन्ध लगाउन नसकेको भन्दै चौतर्फी आरोप लागेपछि दबाबमा आएको फेसबुकले थप सुरक्षाका उपाय अबलम्बन गर्न लागेको बीबीसीले उल्लेख गरेको छ । 

श्वेत पृथकतावादीहरुले जातिय अतिवादलाई प्रश्रय दिएको भन्दै उनीहरुका गतिविधिलाई नियन्त्रण गर्नका लागि फेसबुकले यसप्रकारको उपाय अपनाउन लागेको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?