कर्मचारी समायोजक सम्पन्न

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी समायोजन पूर्ण रुपमा सकिएको छ । 

मन्त्रालयले तीन तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारी दरबन्दी स्वीकृत गरेको जनाएको छ । 

बिहीवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका सह सचीव केदार प्रसाद पनेरुले सो कुराको जानकारी दिएका हुन् । 

मन्त्रालयका अनुसार संघमा ३५, सात प्रदेशमा १६ र स्थानीय तहमा ४९ प्रतिशतका दरदे कर्मचारी समायोजन गरिएका हो । 

जसअन्तर्गत संघमा ४८ हजार ४ सय ९ कर्मचारी, सात प्रदेशमा २२ हजार २ सय १७ र स्थानीय तहमा ६६ हजार ९ सय कर्मचारी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?