काठमाडौं । आयरल्याण्डको डब्लिनमा प्रदर्शनकारीहरूले एक विद्यालयमा अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीन जना बालबालिका गम्भीर घाइत भएका छन् ।
बालबालिकालाई घाइते बनाएपछि प्रदर्शनकारीहरूले धेरै सवारी साधनमा आगजनी र पसलहरूमा लुटपाट गरेका छन् ।उत्तरी मध्य डब्लिनको पर्नेल स्क्वायर ईस्टमा छुरा प्रहार गर्दा एक पाँच वर्षीय बालिका गम्भीर घाइते भएपछि विरोध प्रदर्शन चर्किएको थियो ।
प्रदर्शनकारीहरुले प्रहरीलाई समेत कुटपिट गरेका थिए । उनीहरुले सडकमा नारा लगाएर आतिशबाजीसमेत गरेका थिए ।
प्रदर्शनपछि बेलुका प्रहरी प्रमुख उपरीक्षक प्याट्रिक म्याकमेनामिनले उक्त क्षेत्रमा शान्ति कायम भएको जानकारी दिएका छन् ।
आयरल्याण्डका मानिसहरूले लामो समयदेखि आवास संकटको सामना गरिरहेका छन् । सरकारले सर्वसाधारणका लागि सयौं घरको अभाव रहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया