इंग्लिस प्रिमियर लिगमा आज राति ७ खेल

लोकपथ
56
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुँदैछ । पहिलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने हुने छन् ।
जारी सिजनमा सिटी शीर्ष र लिभरपुल दोस्रो स्थानमा छ ।

आज सिटीले जित निकाल्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने लक्ष्यमा रहँदा लिभरपुल पनि सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुने छ । सिटीकै मैदानमा खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरुहुने छ ।

यसैगरी राति पौने ९ बजे बर्नले र वेस्टह्याम युनाइटेड आमने सामने हुने छन् । जारी सिजनमा वेस्टह्याम १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ भने बर्नले ४ अंकका साथ पुछारमा रहेको छ । आज दुवै टिमले जित निकाल्दै तालिकाको वरियता सुधार गर्ने लक्ष्यमा हुने छ बराबरीले भने दुवै टिमलाई घाटा लाग्ने छ ।

पौने ९ बजे नै लुटन र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र चेल्सी आमने सामने हुँदा सोही समयमा नटिङघम फरेस्ट र ब्राइटन पनि भिड्ने छन् ।

यसैगरी पौने ९ बजेकै खेलमा सेफिल्ड युनाइटेड र बर्नमाउथले प्रतिस्र्पा गर्ने छन् ।राति सवा ११ बजे भने ब्रेन्टफोर्ड र आर्सनल आमने सामने हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?