काठमाडौं । आज शुक्रवारबाट एकसाथ दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएको छ ।
सन्तोषबाबु लोहानीको निर्देशनमा बनेको 'शुभलभ' र रामबाबु गुरुङको 'साइँली' ।
'शुभलभ' प्रेमकथानक चलचित्र हो भने 'साइँली' सामाजिक कथामा निर्माण गरिएको छ ।
युवा ज्योतिष हरिहर अधिकारीले हिरोको रुपमा डेब्यु गरेको शुभलभमा नवअभिनेत्री कृष्टिन पौडेल , राजाराम पौडेल, प्रदिप बास्तोला लगाएतको अभिनय रहेको छ । प्रदीपकुमार उदयको प्रस्तुती र धर्मराज सुवेदीको निमाता रहेको फिल्म रामेश्वर कार्काीले खिचेका छन् ।
रमबाबुकै लेखन रहेको साइँलीमा दयाहाङ राई, मेनुका प्रधान, गौरव पहाडी, माओत्से गुरुङलगायतले अभिनय गरेका छन् । गायक हेमन्त रानाले निर्माण रहेको फिल्मको बिहिबार प्रिमियर गरिएको थियो ।
शुभलभको टाइट्ल गीत शुभलभ दर्शकले निकै रुचाएका थिए भने साइँलीको नाच मायाले पनि सवार्धिक चर्चा बटुल्न सफल भएको थियो । दुई फिल्मको ट्रेलरले पनि धेरैको ध्यान खिचेको थियो ।
गएको केही महिनायता आश गरिएका र ठूला स्टारका फिल्मले समेत हलमा अपेक्षाकृत व्यापार गर्न नसकेका बेला अब हलमा दर्शक तान्न कति सफल हुन्छ ? भन्ने प्रश्न खडा भएको छ ।
खडेरी लागेको नेपाली फिल्मको व्यापार यी दुई फिल्मले केही हदसम्म भए पनि चलायमान बनाउने विश्वास फिल्मकर्मीको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया