‘आइपीएल’ क्रिकेटमा मुम्बई इन्डियन्सको जीत

एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्सले विजयी भएको छ । 

बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा बिहीवार राति सम्पन्न भएको खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ रनले पराजित गरेको हो । मुम्बई जारी लिगमा पहिलो जीत निकालेको हो ।

१ सय ८८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको बैंगलोरको पारी  २० ओभरमा ५ विकेटको क्षतीमा मात्र  १ सय ८१ रनमा समेटिएको थियो । 

बैंगलोरका लागि एबी डी भिलियर्सले नटआउट ७० रन, कप्तान विराट कोहलीले ४६ रन, पृथ्वी पटेलले ३१ रन तथा मोइन अली १३ रन जोडेका थिए । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मुम्बई इन्डियन्सले २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ८७ रनको योगफल तयार पारेको थियो । यो जितपछि मुम्बईले २ खेलबाट २ अंक जोडेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?