एजेन्सी । आइसल्याण्डको एयरलाइन्स कम्पनी वाओ एयरले आफ्नो सेवा र सबै उडान बन्द गरेको छ ।
कुनै पनि औपचारीक जानकारीबीना नै सेवा र उडान बन्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसका कारण युरोप र उत्तरी अमेरिका जाने हज्जारौं यात्री विमानस्थलमा फसेका छन् ।
कम्पनीले एक बयान जारी गर्दै यसबारे जानकारी दिएको हो । जानकारीमा भनिएको छ, ‘वाओ एयरले आफ्नो सबै काम बन्द गरेको छ । यसका सबै उडान पनि रद्द भएका छन् ।’
सन् २०११ मा कम्पनीको स्थापना यसका मुख्य कार्यकारी अधिकारी स्कूली मोगेन्सनले गरेका थिए । सन् २०१२ मा कम्पनीले उडान शुरु गरेको थियो ।
कम्पनीले छोटो दुरीका साथै लामो दुरीको उडान सेवा पनि दिन्थ्यो जस्तै अमेरिकाको बस्टन र वासिङ्टनलदेखि कोपनहेगन र युरोपको एलिकान्ते शहरमा पनि कम्पनीको उडान पुग्थ्यो ।
ब्रिटेनको वेबसाइट का ट्रावल सम्पादक रोरी बोलेन्डका अनुसार जुन दिन कम्पनीले बन्द हुने घोषणा गर्यो त्यो दिन बिहान अर्थात् बिहिबार बिहान सात बनेसम्म टिकट बेचिरहेको थियो ।
हालै युरोपमा थुप्रै एयरलाइन्स कम्पनी कच्चा तेलको मूल्यवृद्धि र कडा प्रतिस्पर्धाका कारण बन्द भइसकेका छन् । कम्पनी बन्द भएसँगै एक हजार कर्मचारी बेरोजगार भएका छन् । कम्पनीका संस्थापक एवं मालिक स्कूली मोगेन्सनले कम्पनीका एक हजार कर्मचारीसँग माफी मागे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया