ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री भएन

काठमाडौं । ग्लोबल आइएमई बैंकमा ३८ करोड १६ लाख ६१ हजार रुपैयाँको आवेदन परेको छ। 

बैंकले गत फागुन १४ देखि चैत १४ गतेसम्म जारी गरेको ऋणपत्रमा सामूहिक लगानी कोष सहित  ३८ करोड १६ लाख ६१ हजार रुपैयाँको आवेदन परेको हो ।  बैंकले ६० करोड रूपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणमा बिक्रीमा ल्याएकोमा २१ करोड ८३ लाख ३९ हजार रूपैयाँ बराबरको ऋणपत्र बिक्री नभएको जनाएको छ । 

बैंकको ऋणपत्र निष्काशक तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अन्तिम दिन बिहीवारसम्ममा सर्वसाधारण लगानीकर्ताबाट एक हजार ४ सय ४५ आवेदनवाट ३ लाख ७८ हजार ६ सय ६१ कित्ताको लागि ३७ करोड ८६ लाख ६१ हजार रुपैयाँको आवेदन परेको हो।

बैंकले निष्काशन गरेको कूल एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत कित्ता सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो।

सर्वसाधारणमा बिक्रीमा ल्याएको ६ लाख ऋणपत्रमध्ये ३ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख ७८ हजार ६ सय ६१ कित्ता सर्वसाधारण गरि कूल ३ लाख ८१ हजार ६ सय ६१ अर्थात ६३ दशमलब ६१ प्रतिशत ऋणपत्र मात्र बिक्री भएको हो ।

सर्वसाधारणमा निष्काशित ऋणपत्रमध्ये ३६ दशमलब ५७ प्रतिशत बराबरको दुई लाख १८ हजार ३ सय ३९ कित्ता ऋणपत्रका लागि आवेदन नपरेको हो। यसअघि बैंकले २०६९ असार ३१ गते ४० करोड बराबरको ऋणपत्र जारी गरेको थियो । यसको अवधि २०७६ असार ३१ गते सकिदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?