काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले सार्क मुलुकमा मात्र नभए अन्य देशहरुमा पनि विद्युत बजार खोजिहेको बताएका छन् ।
आजदेखि काठमाडौंको होलट सोल्टीमा शुरु भएको लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट –२०१९)मा बोल्दै मन्त्री पुनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘हामी सार्क मुलुकमा मात्रै होइन, अन्य देशहरुमा पनि विद्युत बजार खोजिरहेका छौं ।
काठमाडौंमा दुई दिन चल्ने लगानी सम्मेलनको ऊर्जा सम्बन्धी सत्रमा बोल्दै अन्तरदेशिय प्रसारण लाइन सरकारको प्राथमिकतामा रहेको बताउँदै मन्त्री पुनले आगामी पाँच वर्षमा नेपालका शतप्रतिशत जनतामा विद्युत पुग्ने बताए ।
साथै उनले मुख्य उद्देश्य नै उर्जामा निजी लगानी भित्र्याउने भएको बताए ।
सम्मेलनमा ४० देशका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया