एसईई परीक्षा : प्रदेश २ मा आउट भयो स्वास्थ्य तथा वातावरण शिक्षाको प्रश्नपत्र

काठमाडौं । प्रदेश २ मा माध्यमिक शिक्षा (एसईई) परीक्षा अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र समेत आउट भएको छ । 

सामाजिक सञ्जालमार्फत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र बाहिरिएको हो । 

शनिवार सञ्चालन हुने अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र आउट भएको हो । 

यस विषयमा राष्ट्रिय परीक्षा बोर्डले छानबिन शुरु गरेको छ ।  

यसअघि प्रदेश २ मा लगायत दुई वटा परीक्षाको प्रश्नपत्र आउट भइसकेको छ । 

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।

त्यसबारे छानविन गर्न शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीच छलफल भइरहेको छ । 

साथै पटक–पटक प्रदेश २ मा प्रश्नपत्र आउट भएपछि शिक्षा मन्त्रालयले अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मा दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?