काठमाडौंको टेकुमा सिटिजन्स बैंकको एक सय ८९औँ शाखा संचालनमा

लोकपथ
77
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको टेकुमा १ सय ८९औँ शाखा संचालनमा ल्याएको छ ।

यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु संचालनमा रहेका छन् ।

टेकुमा मंगलबकार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेज्यूले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी बैंकले काम गर्ने मनसाय व्यक्त गरे । सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो ।

उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सुविधा सम्पन्न शाखा मार्फत लकर सेवा, ए.टि.एम.सेवा लगायत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?