दोस्रो ठूलो अर्थतन्त्र यूएईको इच्छा ‘नेपालमा लगानी गर्ने’

काठमाडौं । यूएईका अर्थ मन्त्रालयका वैदेशिक व्यापार सहायक सचिव अब्दसल्लाह अल सलेनीले यूएईको सरकारले नेपालमा लगानी गर्न चाहेको बताएका छन् । 

काठमाडौंको होटल सोल्टीमा हिजो (शुक्रवार)देखि शुरु भएको लगानी सम्मेलन(नेपाल इन्भेस्टमेन्ट–१९)को आज (शनिवार) दोस्रो सम्मेलमा बोल्दै यूएईका सचिव सलेनीले खाडीको दोस्रो ठूलो अर्थतन्त्र यूएईले नेपालमा लगानी गर्न चाहेको बताएका हुन् । 

‘नेपालको लागि यूएई तेस्रो ठूलो व्यापारिक साझेदार हो, हामीबीच वार्षिक ३० करोड डलरको व्यापार हुन्छ’ उनले भने ‘यूएई नेपालको रणनीतिक आयोजनामा लगानी गर्न इच्छुक छ ।’

‘हामी नेपाली कम्पनीसँग साझेदार गरइी काम गर्न चाहन्छौँ, नेपाल–भारत र चीनजस्ता ठूला अर्थतन्त्रको बीचमा भएकाले पनि लगानीको लागि अवसर हुन्छ’ उनले भने ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?