सरकारलाई ऋण नै ऋणको भारी, २३ खर्ब ५७ अर्ब पुग्यो सरकारको कुल ऋण

लोकपथ
28
Shares

काठमाडौं । सरकारले ऋण नैं ऋणको भारी बोकेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारको टाउकोमा चालु आर्थिक बर्षको कात्र्तिक मसान्तममा तिर्न बाँकी रहेको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब छ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

तिर्न बाँकी रहेको कुल ऋण दायित्वमा आन्तरिकतर्फ ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋणतर्फ ११ खर्ब ७३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ रहेको उक्त कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार चालु आवको कात्र्तिक मसान्तसम्ममा सरकारको नाउँमा तिर्न बाँकी रहेको ऋणको दायित्वको सुरु मौज्दात २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

उक्त दायित्वमा सार्वजनिक ऋण प्राप्ततिर्फ एक खर्ब १३ अर्ब १६ करोड ३० लाख र सावाँ भुक्तानी तर्फ ५५ अर्ब ४४ करोड ६८ करोड रुपैयाँ थप भएपछि सरकारको नाउँमा तिर्न बाँकी रहेको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब छ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

कार्यालयका आन्तरिक ऋणतर्फ सुरु मौज्दात ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ रहेकोमा प्राप्तीतर्फ ९७ अर्ब ३१ करोड रुपैयाँ थप भएको छ भने सावाँ भुक्तानी तर्फ ४२ अर्ब ८४करोड १७ लाख रुपैयाँ थप भई तिर्न बाँकी रहेको कुल आन्तरिक ऋण दायित्व ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

यसैगरी बाह्तर्फ सुरु मौज्दात ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ रहेकोमा प्राप्तीतर्फ १८ अर्ब ८५ करोड ३० लाख र सावाँ भुक्तानी तर्फ १२ अर्ब ६० करोड ५१ लाख रुपैयाँ थप भएपछि तिर्न बाँकी रहेको बाह्य ऋणको दायित्व ११ खर्ब ७३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?