एजेन्सी । अष्ट्रेलियाकी आस्ली बार्टीले मायामी ओपन टेनिस च्याम्पियनसिपको उपाधि जितेकी छिन् ।
शनिवार राति सम्पन्न भएको महिला एकलतर्फको फाइनल खेलमा बार्टीले चेक रिपब्लिककी क्यारोलिना पिल्सकोभालाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
उनले पिल्सकोभालाई खेलको पहिलो सेटमा ७-६ र ६-३ को सेटमा पाखा लगाइन् । २२ वर्षिया बार्टीले आफ्नो खेल जीवनमा जितेको यो नै सबैभन्दा ठूलो उपाधि हो ।
उनी यो सिजनको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसमा भने क्वाटरफाइनलबाटै बाहिरिएकी थिइन् । उपाधिसँगै बार्टी महिला विश्व वरियताको उत्कृष्ट १० मा समेत पर्न सफल भएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया