इराकमा बम विष्फोट १० जनाको मृत्यु, १४ घाइते

लोकपथ
28
Shares

काठमाडौं । इराकको पूर्वी दियाला प्रान्तमा स्थानीय सांसदका आफन्तहरू सहित उद्धारकर्ता सवार गाडीमा बम आक्रमण भएको छ ।
आक्रमणमा परि १० जनाको मृत्यु भएको छ । आक्रमणमा परि थप १४ जना घाइते सुरक्षा स्रोतले जानकारी दिएको छ ।

अम्रानियाह सहर नजिकै भएको आक्रमणमा दुई वटा बम विस्फोट गरिएको थियो ।बम बिस्फोट हुँदा सांसदका आफन्त सवार गाडी धोस्त पार्नुका साथै अन्य भौतिक क्षति समेत भएको सुरक्षा निकायलाई उद्धृत गर्दै एजेन्सीले जनाएको छ ।

उनीहरूले आक्रमणको सम्भावित कारणबारे थप विवरण दिएको छैन ।सुरक्षा बलहरूले उक्त क्षेत्रमा कर्फ्यू लगाइएको घोषणा गरेर घटनामा आवद्धहरुको खोजीकार्य जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?