इक्वेडरमा ६.२ म्याग्नीच्यूडको भूकम्प

एजेन्सी । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतवार बिहान ७ बजे गएको हो । 

भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?