काठमाडौं । आगामी वैशाखदेखि विराटनगरमा शुरु हुने एनशिएल महिला टी–२० क्रिकेट प्रतियोगितामा सहभागी टिमले अक्सनमार्फत खेलाडीलाई टिममा भित्र्याएका छन् ।
आइतवार भएको कार्यक्रममा प्रतियोगितामा सहभागि हुने चार टिमले अक्सनमार्फत खेलाडी आफ्नो टिममा भित्र्याएका हुन् । चार टिमले अक्सनमार्फत १३–१३ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। अक्सनमार्फत ५२ खेलाडीलाई चार टिमले आफ्नो टिममा आवद्ध गरेका हुन् ।
यसअघि ४ खेलाडी मार्की खेलाडीको रुपमा भित्रिएका थिए। अब सबै टिममा १४–१४ खेलाडी भएका छन्।
खेलाडी खरिद बिक्रीमा राष्ट्रिय टिमका सदस्यलाई सर्वाधिक ७५ हजार रुपैयाँसम्म मुल्य लागेको छ । राष्ट्रिय टिमकी सदस्य ईन्दु बर्मा, काजल श्रेष्ठ, सरिता मगर, रोमा थापा र सोनु खड्कालाई सर्वाधिक ७५ हजार रुपैयाँमा किनिएको छ ।
त्यस्तै, ज्योति पाण्डेलाई समेत धनगढी वन्डरले सर्वाधिक ७५ हजार रुपैयाँमा खरिद गरेको छ ।
अभिनेत्री रेखा थापाको स्वामित्वमा रहेको काठमाडौं सुपर च्याम्पियन्समा तीन जना खेलाडी महँगा खेलाडीको रुपमा भित्रिएका छन्। राष्ट्रिय टिमकी अलराउन्डर नेरी थापा मार्की खेलाडी रहेको काठमाडौंले ममता चौधरी, सरिता मगर र रोमा थापालाई आवद्ध गरेका हो।
प्रतियोगिता आगामी बैसाख ७ गतेदेखि १४ गतेसम्म चेल्नेछ । प्रतियोगिताको सबै खेल विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ ।
कुन खेलाडीको कति मुल्य ? हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया