मन्त्री सोनल भन्छन्,‘बारा र पर्सामा चिकित्सकको अभाव भयो’

जनकपुरधाम । प्रदेश २ सरकराले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकहरुको अभाव भएको बताएको छ । 

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव भएको बताएका हुन् । 

आइतवार राति बारा र पर्सामा आएको हावाहुरी र वर्षाका कारण घाइते भएका अस्पतालमा उपचार नपाएर छटपटाइरहेको बताउँदै मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन्, यहाँ डाक्टरहरुको ठूलो अभाव महशुस भएको छ, त्यसैले तत्कालै चितवनबाट हुन्छ कि काठमाडौंबाट हुन्छ, चिकित्सकहरुको टोली आइदिनुपर्यो ।’

हावाहुरीसँगै आएको वर्षाका कारण बारा र पर्सामा अहिलेसम्म ३१ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका छन् । 

मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
उनले भने, ‘अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ, औषधी र चिकित्सकको ठूलो अभाव भएको छ ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?