प्रधानमन्त्री ओली बारा–पर्सा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आँधी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । 

आइतवार झापा पुगेका प्रधानमन्त्री ओली त्यहाँका सबै कार्यक्रम स्थगित गर्दै बारा र पर्सा जान लागेका हुन् । 

झापा र मोरङका कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आइतवार मात्रै काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेका थिए । 
सोमवार उनले झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै थिए । 

तर आइतवार राती आएको आँधीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुर्याएपछि प्रधानमन्त्री पूर्वनिर्धाति सबै कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्र जान लागेका हुन् ।

प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली अब चन्द्रगढीबाट हेलिकोप्टरमार्फत् सीधै बारा जाँदैछन् ।

आँधी हुरीले बारा र पर्सामा गरी ३१ जनाको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालहरुमा उपचार भइहरको छ । ल
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?