बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिले आफू स्तब्ध : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतवार राति बारा र पर्सामा आएको हावाहुरीबाट भएको जनधनको क्षतिले आफू स्तब्ध भएको बताएका छन् । 

सोमवार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले प्राकृतिक विपदको घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडित जनहरूमा समवेदना प्रकट समेत गरेका छन् । साथै घाइतेहरूको शिध्र स्वास्थ्य लाभको कामना पूर्वराजा शाहले गरेका छन् । 

आँधी हुरीले बारा र पर्सामा गरी ३१ जनाको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । घाइतेहरुको अहिले बारा र पर्साका विभिन्न अस्पतालहरुमा उपचार भइहरको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?