एजेन्सी । जारी स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले कठिन जीत निकालेको छ ।
आइतवार राति सम्पन्न भएको २९ औँ चरणको खेलमा रियलले लिगको रेलिगेसन जोनमा रहेको हुएस्कालाई ३-२ गोल अन्तरले पराजित ग-र्यो । खेल शुरु भएको तीन मिनेट पनि बित्न नपाउँदै हुएस्काका लागि जुवान कामिलो हेर्नान्डेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै खेलको २५ औँ मिनेटमा रियल म्याड्रिडले बराबरी गोल फर्कायो । खेलको २५ औँ मिनेटमा इस्कोले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पु-याए । पहिलो हाफसम्म एक-एक गोलको बराबरीमा रोकिएको म्याड्रिडका लागि ६२ औँ मिनेटमा केबाल्लोसले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ७४ औँ मिनेटमा हुएस्काका लागि जाबियार एटक्सिटाले गोल गर्दै खेललाई २-२ गोलको बराबरी गरे । तर, ८९ औँ मिनेटमा म्याड्रिडका करिम बेन्जामाले गोल गरेपछि हुएस्का स्तब्ध बनेको थियो । जितपछि रियल म्याड्रिड ५७ अंकको साथ लिगको तेस्रो स्थानमा छ ।
त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा भ्यालेन्सियाले सेभिल्लालाई १-० गोल अन्तरले हरायो । लेभान्ते र इबोरले समान २-२ गोलको तथा रायो भाल्लेकानो र रियल बेटिसले एक-एक गोलको बराबरी खेलेको छ ।
रियल भाल्लाडोलिट र रियल सोसिडाटले पनि एक-एक गोलको बराबरी खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया