बाराबाट ६ घाइते लिएर काठमाडौं आइपुग्यो सेनाको स्काई ट्रक विमान

काठमाडौं । नेपाली सेनाको स्काई ट्रक विमान बारा–पर्साबाट ६ जना घाइतेलाई लिएर काठमाडौं आइपुगेको छ । 

आइतवार राति आँधीमा परी घाइते भएका मध्ये ६ जनालाई लिएर सेनाको स्काई ट्रक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि आइपुगेको हो । 

आइतवार राति आएको भिषण हावाहुरीसँगै परेको असिना पानीमा परेर ३१ जनाको ज्यान जानुका साथै करिब ७ सय बढी घाइते भएका छन् ।

बिरामीलाई ल्याउनका लागि गृहमन्त्रालयले समन्वय गरिरहेको नेपाली सेनाको जंगी अड्डाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए । 

‘गृहमन्त्रालयसँगको काअर्डिनेशनमा हामीले उद्दार गर्ने हो, कुनमा अस्पताल लगिन्छ, टुंगो लागेको छैन’ ढकालले भने । 

साथै गृहमन्त्रालयका एक अधिकारीका अनुसार घाइतेहरुलाई वीर अस्पताल वा त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने तयारी भएको बताए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?