प्रदेश २ मा ‘एसइई’ परीक्षाको नयाँ तालिका सार्वजनिक

काठमाडौं ।  प्रदेश २ मा माध्यमिक शिक्षा 'एसइई' परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ। 

राष्ट्रिय परीक्षा वोर्डले सोमबार सूचना जारी गर्दै स्थगित गरिएको प्रदेश २ को बाँकी परीक्षाहरु यही चैत्र २२ गतेदेखि २९ गते गर्ने निर्णय गरेको  हो।

राष्ट्रिय परीक्षा वोर्डको जानकारी अनुसार २२ गते अनियार्व विज्ञान वियषयको परीक्षा हुनेछ। त्यसैगरी २३ गते, अनिवार्य सामाजिक शिक्षा, २४ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण को परीक्षा सञ्चालन गरिने भएको छ ।

साथै, २५ गते ऐछिक प्रथम र २६ गतेका लागि ऐछिक द्वितीयको परीक्षा तोकिएको जनाइएको छ । बाँकी ३ दिन भने प्राविधिकतर्फका परीक्षा हुने तय गरिएको छ। 

अनिवार्य नेपाली, अनिवार्य अंग्रेजी र अनिवार्य गणितको परीक्षा मात्रै सम्पन भएका छन्।  लगातार प्रश्नपत्र बाहिरिएपछि बाँकी परीक्षा रद्द गरिएको थियो। 

यसअघि वोर्डले सूचना जारीगर्दै स्थगित परीक्षा संचालन सम्बन्धि परीक्षाको समय तालिका चैत्र मसान्त भित्रै संचालन हुने गरी प्रकाशन गरिने व्यहोरा सम्बन्धित अभिभावक, विद्यार्थी, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराएको थियो भने  परीक्षार्थीहरूमा पर्न गएको असुविधा प्रति राष्ट्रिय परीक्षा बोर्ड दुःख व्यक्त गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?