‘आइपीएल’ क्रिकेटमा चेन्नई सुपर किङग्सको लगातार तेस्रो जीत

एजेन्सी । डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किङ्ग्सले जारी इण्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेटमा लगातार तेस्रो जीत हात पारेको छ ।  

एमए चिदामबरम स्टेडियममा आइतवार राति सम्पन्न भएको खेलमा चेन्नईले राजस्थान रोयल्सलाई ८ रनले पराजित गरेको हो । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईले लगातार तेस्रो जित निकालेको हो ।

१ सय ७६ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको राजस्थान रोयल्सको पारी  २० ओभरमा ८ विकेटको क्षतीमा मात्र १ सय ६७ रनमा समेटिएको थियो । 

राजस्थानका लागि बेन स्टोक्सले  ४६ रन, राहुल त्रिपाठीले ३९ रन, स्टिभ स्मिथले २८ रन तथा जोफ्रा आर्चरले अविजित २४ रन जोडेका थिए । कप्तान अजिंका रहाने भने शुन्य रनमा पेभेलियनमा फर्किएका थिए । यता चेन्नई सुपर किङग्सका लागि का शार्दुल ठाकुर, दिपक चाहर, इमरान ताहिर र ड्वाने ब्राभोले समान २-२ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । खराब शुरुवात गरेको चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित ७५ रनको योगदान दिए ।

चेन्नईले २७ रन जोड्दा ३ विकेट गुमाएको थियो । तर, चौंथो विकेटका लागि कप्तान महेन्द्र सिंह धोनीले सुरेश रैनाले ६१ रनको साझेदारी गरे । 

सुरेशले ३६ रन बनाएका थिए । त्यस्तै ड्वाने ब्राभोले २७ रन तथा शेन वाट्सनले १३ रन जोडे । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यो जितसँगै चेन्नई सुपर किङग्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ३ खेलबाट ६ अंक बनाएको छ । 

त्यस्तै आइतवार नै भएको पहिलो खेलमा सनराईसेर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १ सय १८ रनले पराािजत ग¥र्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?