काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ ।
कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब छ सय जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीज्यूको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी दिंदै योजनामा छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई गिफ्ट भौचर र अवार्ड प्रदान गरेका थिए ।
सहभागि अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशी टप्पुको भ्रमण र सप्तकोशीमा बोटिङ लगाएतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागि हुने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया