मुख्यमन्त्री राउत र प्रधानमन्त्री ओलीबीच फोन वार्ता, राष्ट्रिय शोक घोषणा माग

जनकपुरधाम । प्रदेश २ सरकार र संघीय सरकारबीच टेलिफोन वार्ता भएको छ । 

आइतवार राति आँधीसँगै आएको भीषण वर्षासँगै ठूलो जनधनको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न मुख्यमन्त्री लालबाबु राउतले आग्रह गरेका छन् । 

प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सोमवार बिहान टेलिफोनमा  कुराकानी भएको थियो । सो क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् ।

प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहका अनुसार मुख्यमन्त्री राउतले प्रधानमन्त्री सामु सो आग्रह गरेका हुन् । उनले भने, ‘अब संघीय सरकारले के गर्छ हेरौँ ।’ 

साथै उनले भने, ‘प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्नुपर्ने हो । तर, यती धेरै क्षतिले राष्ट्र नै शोकमा छ, त्यसैले संघीय सरकारले राष्ट्रिय शोक घोषणा गर्नु पर्छ ।’ 

यसैबीच प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?