यस्तो छ आजको मौसम

लोकपथ
0
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी, लुम्बिनी, कर्णालीलगायत बागमती,सुदूर–पश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको विभागले जनाएको छ।

साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ।
सोमबार दिउँसो बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ।आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ।देशभर चिसो बढेसँगै तापक्रम गिरावट भएको छ ।

हाल काठमाडौंको तापक्रम न्यूनतम ७ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । चिसोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध पनि गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?