काठमाडौं । हप्ताको दोस्रो दिन आज पनि सुनको भाउ ८ सय रुपैयाँ बढेर १ लाख २१ हजार नाघेको छ । दिनदिनै नयाँ रेकर्ड बनाएको सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयााँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँले सुन महँगिएको हो । आइतबार प्रतितोला १ लाख २० हजार ८ सयमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख २१ हजार कायम भएको छ ।नेपाली बजारमा चाँदीको मूल्य भने प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया