प्रदेशस्तरीय यु–१६ क्रिकेट मङ्गलवाररदेखि शुरु हुने

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को समन्वयन तथा मदन भण्डारी स्पोर्टस एकेडेमीको सहयोगमा सोह्र वर्षमुनिको प्रदेशस्तरीय विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलबारदेखि हुने भएको छ । 

यही चैत २५ गतेसम्म चल्ने उक्त प्रतियोगिताका खेल किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने सोमवार यहाँ आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।  

प्रतियोगितामा सात प्रदेश सहभागी छन् जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश ३, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेश छन् ।

त्यस्तै समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, प्रदेश २ र प्रदेश १ छन् । दुवै समूहको शिर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइलनमा प्रवेश गर्नेछन् । 

उक्त प्रतियोगिताको विजेता टोलीले एक लाख ५० हजार बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले  ७५ हजार बराबरको क्रिकेट खेल सामग्री प्राप्त गर्नेछन् । प्रतियोगिताबाट उत्कृष्ट खेलाडी थाइल्याण्डमा आयोजना हुने एसीसी यू–१६ इस्ट्रन रिजनका लागि छनोट हुनेछन् ।

उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको प्रदेश ३ र गण्डकी प्रदेश भिड्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?