रक्तदानमा जुट्यो काठमाडौँ, घाइतेहरु रगत अभावसँग जुध्दै (भिडियोसहित)

आइतबार राति आएको भिषण हावाहुरी र आँधीबेहेरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ ।

रगत संकलनका लागि उद्धारमा खटिएका नेपाली सेना तथा नेपाली प्रहरीका जवानहरु र सर्वसाधारण रक्तदानमा जुटेका छन् ।

यसैबिच काठमाडौँको विभिन्न स्थानहरुमा पनि रक्तदान भइरहेको छ । यूवाहरु  विभिन्न समुह बनाएर रक्तदानमा जुटेका छन् ।  

तिव्र गतिमा आएको आँधीबेहरीका कारण बारा र पर्सामा गरी करिब चार सयभन्दा धेरै मानिसहरु घाइते भएका छन् । वीरगन्‍ज अस्पतालमा राखिएका घाइतेहरुको उपचारका लागि रगत अभाव भएको हो । 

उपराष्ट्रपति नन्दबहादुर पूनका छोरा दिपेश पुनले पनि बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत रगत  दान गर्न अपिल गरेका छन् । 

 

 

पत्रकार विजय कुमार पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत रक्तदानका लागि अनुरोध गरिरहेका छन् । 

गृहमन्त्रालयका अनुसार हावा हुरीका कारण बारा र पर्सा गरी यो समाचार तयार पार्दासम्म २७ जनाको मृत्यु भएको छ भने ४०० भन्दा धेरै घाइते भएका छन् ।

प्रकोपबाट बालबालिका, सुत्केरी, गर्भवति, बृद्धबृद्धा अत्यन्तै प्रभावित भएका छन् । एसईई दिने बालबालिका समेत अन्यौलमा परेका छन् । _तस्वीर लोकपथको लेन्सबाट र समाजिक सञ्जालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?