काठमाडौं । प्रमुख तथ्यांक अधिकारी तोयम रायाले सबै जिल्लामा तथ्यांक कार्यलय राख्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित दलित समुदायको तथ्यांक प्रस्तुति कार्यक्रममा उनले जनगणनामा कोही पनि छुट्न नहुने भन्दै तथ्यांकलाई साँच्चिकै सही बनाउने हो भने तथ्यांक कार्यालयहरु सबै जिल्लामा राख्नुपर्ने बताए ।
सबै स्थानीय तहमा कम्तीमा एकजना गणक हुनुपर्ने उल्लेख गर्दै उनले अनिमात्रै तथ्यांक सही आउने बताए ।
उनले भने, ‘हामीले हतारमा काम गर्नु परेको छ, हतारमा नियुक्त गरेर तालिम दिएर पठाएका थियौं । तथ्यांक पद्दतिलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्छ ।’
जनगणनाको काम तथ्यांक कार्यलयले मात्र गर्ने भन्ने सोचाइ सही नभएको भन्दै रायाले स्थानीय तहमा, प्रदेशमा, संघमा आवश्यक तथ्यांक जनगणना गर्दा वा कुनै पनि गणना गर्दा कुन विषय राख्नु पर्छ, कुन पर्दैन भन्ने कुरामा शिक्षाको आवश्यकता पर्ने बताए ।
उनले भने, ‘सबै विषयको ज्ञान भएको एउटा आयोग बनाउनुपर्छ र आगामी समयमा जनगणना गर्दा के विषय समावेश गर्नुपर्छ भनेर अन्तरक्रिया गर्नुपर्छ । यो विधि घर घरमा गएर गर्ने भन्दा पनि ठूलो सफ्टवेयरको निर्माण गर्नुपर्छ ।’
यसका लागि नयाँ सिस्टम बनाएका उल्लेख गर्दै उनले नेशनल डाटा प्रोफाइल एन डिभी भनेर त्यसमा ३ सयभन्दा बढी स्थानीय तहले तथ्यांक इन्ट्री गर्न सक्ने बताए ।
विकासको आधार भनेको तथ्यांक नै भएको उल्लेख गर्दै उनले तथ्यांक सही हुनुपर्नेमा जोड दिए । ‘त्यसमा कोही छुट्नु हुँदैन’ रायाले भने, ‘केही छुटे, केही कमजोरी भए तत्काल सच्याउन सक्ने कुरा सच्याउँछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया