आज पनि आउँला आँधीबेहरी ?  यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौं । देशको पहाडी भू-भागहरुमा आंशिक  देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भेगको थोरै स्थानहरुमा र पुर्वी तराई भेगका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिएको  हिमालि भेगका थोरै  स्थानमा हल्का हिमपातको संभावना रहेको समेत पूर्वानुमान महाशाखाको अनुमान छ । 

आज रातिभने देशका पुर्वी भेगमा आंशिक देखी सामान्य बदली रहनेछ भने पश्चिम र मध्यका पहाडी भू-भागहरुमा  आंशिक बदलि हुनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ। पुर्वी भु-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना देखिन्छ।

पूर्वानुमान महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पुर्वी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको छ । 

मंगलवार राति देशको पुर्वी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  देशको पुर्वी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखनको अनुमान छ ।  

त्यसैगरी बुधबार दिउँसो देशको पुर्वी र मध्य भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।  देशको पुर्वी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना छ । राति देशको पुर्वी र मध्यका पहाडी भू-भागहरुमा आंशिक  देखी सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ ।  देशको पुर्वी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको अनुमान महाशाखाको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?