प्रधानमन्त्री ओली वरीगञ्जमा, घाइते भेटेर काठमाडौं फर्किने तयारीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली वरिगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत घाइते विरामीलाई भेट गरेका छन् । 

सोमवार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका प्रधानमन्त्री ओलीले यसअघि कलैया अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएलगत्तै वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेज पुगेका थिए । 

त्यहाँबाट प्रधानमन्त्री ओली काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा बादल, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव पनि वीरगञ्ज पुगेका थिए ।

प्रधानमन्त्री ओलीले हावाहुरीबाट बढी प्रभावित बाराको फेटा गाउँको भने हेलिकोप्टरबाट निरीक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?