आरुष भट्टराईले जिते ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशनल’ अवार्ड

लोकपथ
525
Shares

काठमाडाैं । नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशनल’ अवार्ड जित्न सफल भएका छन् । मलेसियामा आयोजित ‘ग्राण्ड ग्लोबल एम्बेस्डर इन्टरनेशनल–२०२३’ मा नेपालको प्रतिनिधित्व गरेका आरुषले विनर किड इन्टेलिजेन्ट र ग्राण्ड विनर किड्स युनिभर्स विधामा जित हात पारेका हुन् ।

प्रतिस्पर्धामा नेपालसहित भारत, मलेसियालगायतका देशबाट बालबालिकाहरु सहभागि थिए । प्रतियोगितामा आरुषले नेपाली कला संस्कृतिको प्रचार प्रसारको अलावा नेपालको पर्यटन प्रवर्दनसमेत गरेका थिए ।

उनीसँगै प्रतियोगितामा सहभागि एल्भिरा महर्जनले मिस किड इलुरिङ औरा ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनलको उपाधि जितेकी छन् । उक्त प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागि भएका थिए ।

यसअघि आरुषले रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा काठमाडौंमा आयोजित ‘किड्डी फेस अफ द इयर२०२३’ को सिनियर केटातर्फको उपाधि चुमेका थिए । भने, एल्भिरा लिटिल प्रिन्सेस इन्टरनेशनल–२०२३ की विजेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?