काठमाडौं । जर्मनीमा ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का उत्कृष्ट रेफ्री घोषित भएका छन् ।
मार्च ३० र ३१ तारिखमा भएको प्रतियोगितामा अशोकले ९ वटा खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगितामा करिब ५० राष्ट्रका अन्तर्राष्ट्रिय रेफ्रीको सहभागिता रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया