काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकले बुधबार १० अर्ब रुपैंयाँको निक्षेप उपकरण बिक्री गर्ने भएको ।
सो दिन अपरान्ह दुुई बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणको निक्षेप उपकरण बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
परिपक्व हुने अवधि सात दिन तोकिएको उक्त उपकरणको सावाँ व्याज भुक्तानी मिती मंसिर २७ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीले खरिद गर्न सक्ने गरी उक्त परिमाणमा निक्षेप उपकरण बिक्री गर्न लागिएको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत प्रयोग गर्न सकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया