ग्लोबल बैंकले भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिने

नुवाकोट । ग्लोबल आइएमई बैंकले नुवाकोटका भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिने भएको छ । 

बैंकले जिल्लामा पहिलोपटक भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण दिन लागेको हो । यो कायक्रम नुवाकोटमा पहिलो पटक शुरु गर्न लागेको हो । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले पिडितलाई पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई तीन लाख ऋण प्रदान गरेका हुन् । 

उक्त बैंकले पहिलो चरणमा भूकम्प पीडित निजी आवास निर्माण कर्जा, कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशील कर्जा नौ जनालाई वितरण गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?